हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

लघुकथा : फुईयाको फुरफुर – ४

लघुकथा : फुईयाको फुरफुर – ४

Advertisement

पेशाले शिक्षक उ, बिहान देखि बेलुका सम्म पढाउँदा न उसले आफूमा आर्थिक उपलब्धि देख्यो, न त आफ्ना विद्यार्थीमा शैक्षिक उपलब्धि। सेवा गरेर पनि मेवा नपाएको झोकमा, उसले भैरव अर्याल दाईको आलु निबन्ध सम्झियो, अनि हुटहुटी बढेपछि, सेवा गर्नेलाई मेवा मिल्नै पर्दछ भन्ने निष्कर्ष निकाल्यो। उसको विचार थियो मेवा क्रान्ति, मेवा द्वारा गरिने क्रान्ति। उसले विचार गर्यो, हरेक घर, स्थल, विद्यालय, मठमन्दिर, कार्यालयमा मेवा रोप्नु पर्दछ। त्यसो हुँदा सेवा गर्दै आफ्नै बारी र बोटका मेवा खाएर स्वास्थ्य पनि सुधार्ने अनि नेपाली उखानको मान राख्ने। उसले घोषणा गर्यो, “अब मेवा रोपेर क्रान्ति गर्ने”, आफू पनि मेवा खाने, विद्यार्थीलाई पनि मेवा खुवाउने, मठमन्दिर मा मेवा रोपेर भक्तजनलाई प्रसाद वितरण गर्ने, अनि कार्यालयका मेवा कर्मचारीलाई खुवाउने। मेवा को गुण भैरव अर्याल दाईको आलु सँग मिलाउन उसले बल गर्यो। बेरोजगार हुन की रोजगार, यहाँ सम्म कि आन्दोलन गर्ने लाई पनि मेवा दिएर मेवा आन्दोलन गराउने, अनसन बस्नेलाई मेवा खुवाएर मेवा अनसन बसाउने। उसको निष्कर्ष थियो, मेवाको सेवा गरेर मेवा नै खाने। फुईयाको फुरफुर

Advertisement

✍️अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)