हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

लघुकथा : फुईयाको फुरफुर – ६

लघुकथा : फुईयाको फुरफुर – ६

Advertisement

राम्री हेर्ने उसको अलग्गै अन्दाज थियो। कसरी हेर्ने त भन्दा राम्रीको अगाडि गएर रिङटोन बजाउने। रिङटोनमा समय सापेक्ष संगीत हाल्ने। त्यति हुँदा केटी जिस्काएको आरोप खेप्नु पनि नपर्ने। राम्री हेरो अनि राम्रीलाई राम्रो संगीत सुनाएर राम्रो नजरले राम्रो कुराकानी गरेर, राम्रै भएर, राम्रो हुने। उसको फोनमा प्राय बज्ने रिङटोन हो, “हामीलाई पनि मायाले हेर पार्वती….. लै लै लै….। फोन भएपछि रिङटोनले संगीत सुनाउने, आफू व्यस्त पनि देखिने। उसलाई व्यस्तताले कहिल्यै छोडेन, न त उ निस्फिक्री नै हुन सक्यो। प्रसङ्ग बदलौं। एक पल्ट राम्री हेर्ने जाँदा, उसलाई सधैं जस्तै साथीले फोन गरे, फोनको रिङटोन राम्रोलाई नै लक्षित थियो, आफ्नै सेटिङ भने जस्तै। रिङटोन घन्कियो, “हामीलाई पनि मायाले हेर पार्वती…..” अगाडि भएकी राम्रीले संगीतमा खोजें जस्तै मायाले हेरिदी र भनी, “पार्वतीनै खोजेको?”, रिङटोनको गोप्य रहस्य बुझ्ने महिला देखेर उसले बोल्यो, “हामी शिव भक्त हौँ” । फुईयाको फुरफुर ।

Advertisement

✍️अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)