हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

लघुकथा : फुईयाको फुरफुर – ७

लघुकथा : फुईयाको फुरफुर – ७

Advertisement

अहिलेको जमानामा रक्सी कसले पो सेवन गर्दैनन र? मद्यपान अहिले जाती र धर्म बाट निर्विरोध निर्वाचित भएर कुनै दिन पनि सेवन गर्न सकिने हविश्य पदार्थको रूपमा अगाडि बढेको छ। अरूले कहिलेकाही खाए, उसले कहिलेकाही बाहेक हरेक दिन खायो। धेरै खाएपछि अब सुध्रिनुप्रर्ने बाध्यता देखेपछि, उसले नयाँ घोषणा गर्यो। अब रक्सी भनेको क्रान्ति भएको दिन खाने हो। उसले भित्तेपात्रो हेर्यो र बोल्यो, गणतन्त्र दिवस, संविधान दिवस र प्रजातन्त्र दिवस को दिन शुभ साइत निकालेर रक्सी सेवन गर्ने । जब जनताले बुझ्ने मौका पाए उसको साइत र पात्रको बारेमा, उसलाई सबैल क्रान्तिकारी घोषणा गरिदिए, जसले हरेक दिन रक्सी खाएर क्रान्ति गरेर, सार्वजनिक बिदा पर्ने क्रान्ति भएका दिनमा मात्र सेवन गर्ने व्यक्ति भनेर। फुईयाको फुरफुर ।

Advertisement

✍️अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)