काठमाडौं । भारत र श्रीलंकामा माघ २५ देखि फागुन २४ गते (२०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपका लागि नेपालले आजबाट तयारी सुरु गरेको छनेपाल


क्रिकेट संघ (क्यान) ले यसअघि राष्ट्रिय टोलीमा रहेका खेलाडीका साथै नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा देखाएको प्रदर्शनका आधारमा थप खेलाडी समेट्दै २४ जनालाई प्रशिक्षण क्याम्पमा बोलाएको हो।
११ दिनअघि सम्पन्न एनपिएलको प्रदर्शन मूल्यांकनका आधारमा शेर मल्ल, विनोद भण्डारी, भीम सार्की, अविनाश बोहरा, ईशान पाण्डे, बसिर अहमद, प्रतिष जीसी र रुपेश कुमार सिंह क्याम्पमा समावेश भएका छन्।विश्वकपको समूह चरणका सबै खेल नेपालले भारतको मुम्बईमा खेल्नेछ। नेपाल रहेको समूहमा इङ्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन ।
नेपालले २५ गते इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्ने तालिका छ।प्रशिक्षण क्याम्पमा बोलाइएका २४ खेलाडी :रोहित पौडेल, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरि, गुलशन झा, नन्दन यादव, आरिफ सेख, सन्दीप लामिछाने, ललित राजवंशी, सोमपाल कामी, लोकेस बम, आदील अन्सारी, करण केसी, साहब आलम, शेर मल्ल, भीम सार्की, ईशान पाण्डे, विनोद भण्डारी, अविनाश बोहरा, प्रतिष जीसी, बसिर अहमद र रुपेश कुमार सिंह।