हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित

काठमाडौं । प्रतिनिधि सभा बैठकले संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ।शनिबार भएको दफावार छलफलपछि विधेयक निर्णयार्थ पेश भएको थियो । संवैधानिक व्यवस्थाअनुसार संविधान संसोधन विधेयक पारित गर्दा मतदान प्रक्रियामार्फत् गर्नुपर्ने व्यवस्थाअनुसार मतदानबाट सर्वसम्मत पारित भएको हो ।

Advertisement

संविधान संशोधनका पक्षमा २ सय ५८ मत परेको थियो । बैठकमा २ सय ५८ जना सांसदहरु उपस्थित रहेका थिए । सबैले पारित गरियोस् भन्ने पक्षमा मतदान गरेका हुन् ।समाजवादी पार्टीकी सांसद सरिता गिरी भने मत विभाजन प्रक्रियामा सहभागी भइनन्। उनले राखेको संशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरिदिएपछि उनी प्रतिनिधि सभाको बैठक बहिष्कार गरेर बाहिरिइन् ।

Advertisement

दफावार छलफलपछि कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई पारित गरियोस भनि प्रस्ताव पेश गरेकी थिइन् । सो पश्चान मतदान प्रक्रिया शुरु गरिएको थियो ।यसअघि डा.शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस्” भनी आजको सदनमा प्रस्ताव प्रस्तुत गरेकी थिइन ।

उक्त विधेयकमाथिको दफावार छलफलमा सबै राजनीतिक दलले समर्थन जनाएका थिए । संविधानमा उल्लेख भएअनुसार दुवै सदनबाट पारित विधेयकलाई सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनुपर्नेछ ।राष्ट्रपतिबाट १५ दिनभित्र उक्त विधेयक प्रमाणीकरण हुनेछ र सोही मितिदेखि संशोधित संविधान लागू हुनेछ ।

यस्तो हुनेछ निशान छाप –

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)