हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

सचिन तेन्दुलकर र उनका छोरा अर्जुन तेन्दुलकरले रच्ने आईपीएलमा इतिहास

विश्व क्रिकेटका महान ब्याट्सम्यान सचिन तेन्दुलकर र उनका छोरा अर्जुन तेन्दुलकरले आईपीएलमा इतिहास रचेका छन्। सचिन र अर्जुनले आईपीएलको इतिहासमा लिलामी हुने र एउटै टोलीबाट खेल्ने पहिलो बाबुछोराको इतिहास रचेका हुन्।

Advertisement

सचिनका छोरा अर्जुनलाई आईपीएल २०२२ को मेगा अक्सनमा मुम्बई इन्डियन्सले ३० लाखमा खरिद गरेको हो। गत वर्ष पनि फेब्रुअरी २०२१ मा भएको आईपीएल लिलामीमा मुम्बई इन्डियन्सले उनलाई २० लाखमा किनेको थियो। एक सिजनपछि उनलाई मुम्बई इन्डियन्सले रिलिज गरेको थियो।

Advertisement

तर, आईपीएल २०२२ को लिलामीमा उनलाई फेरि मुम्बई इन्डियन्सले किनेको हो। अर्जुन तीव्र गतिमा बलिङ गर्न माहिर मानिन्छन्। उनलाई सफल अलराउन्डरका रूपमा लिइन्छ। अर्जुनका बुबा सचिनले पनि मुम्बईबाट सन् २००८ देखि २०१३ सम्म आईपीएलको ६ सिजनमा भाग लिएका थिए।

यस अवधिमा उनले ७८ खेलमा ३४.८३ को औसतमा २३३४ रन बनाए। उनको उच्चतम व्यक्तिगत स्कोर नटआउट १०० रन हो। आईपीएलमा सचिनको नाममा एक शतक र १३ अर्धशतक छ। अर्जुन आफ्नो बुबाका कारण लगातार चर्चामा छन्।

तर, उनले आफ्नो करियरको प्रारम्भिक चरणमा आफ्नो बुबाले हासिल गरेको नाम वा हैसियत हासिल गर्न सकेका छैनन्। सुरूदेखि नै उनीमाथि सबैको नजर रहेको भए पनि सबैको चाहना छ कि उनले क्रिकेट मैदानमा आफ्नो बुबा जस्तै फरक स्थान हासिल गरोस्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)