सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाएर हत्या गरिएको घटना सेलाउन नपाउँदै सुनसरीमा पुनः घरेलु हिंसाको गम्भीर घटना भएको छ।

सुनसरीको दुहबी नगरपालिका–३ मुक्तिनाथ मन्दिर टोलमा घरायसी विवादका क्रममा ३३ वर्षीय मुस्तफा शेखले २८ वर्षीय श्रीमती खुस्बु खातुनमाथि पेट्रोल छर्केर आगो लगाएका छन्। घटनामा खुस्बु खातुन गम्भीर घाइते भएकी छन् र उनको अवस्था चिन्ताजनक रहेको छ।

सुनसरीका प्रहरी प्रमुख एसपी केशबकुमार थेबेले पीडितको उपचार जारी रहेको र घटनाबारे गहन अनुसन्धान भइरहेको जानकारी दिएका छन्। योजनाबद्ध र जघन्य प्रकृतिको यो घरेलु हिंसाको घटनाले महिला सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार