हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

स्पन्दनले जिते भ्वाइस किड्स सिजन–२ को उपाधि

काठमाडौं । भ्वाइस किड्स सिजन-२ को उपाधि स्पन्दन सुब्बाले जितेका छन् । शुक्रबार रातीको ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गरेका उनले उपाधि चुमे ।

Advertisement

फिनालेमा सुब्बासहितका आठजनाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । विजयी सुब्बालाई हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले पुरस्कार प्रदान गरे । उपाधि जितेका उनले  १५ लाख रुपैयाँ नगद प्राप्त गरे । भ्वाइस किड्समा टीम प्रमोदको यो लगातार जित हो ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)