समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

स्व. जगत बहादुर तथा नरमाया स्मृति दोस्रो वडा स्तरीय फुटबल प्रतियोगिता : वडा नं ३ र ५ फाइनलमा भिड्ने

अभिषेक खतिवडा

हल्दिबारी । स्व. जगत बहादुर तथा नरमाया स्मृति प्रतिष्ठानको आयोजनामा दोस्रो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता–२०८२ अन्तर्गत सेमिफाइनल खेलहरू सम्पन्न भएका छन्। हल्दिबारी माध्यमिक विद्यालयको खेल मैदानमा हिजोदेखि जारी प्रतियोगिताले आज फाइनलका दावेदार टिमहरू पनि टुंग्याएको छ।

विज्ञापन (Advertisement)Advertisement

पहिलो सेमिफाइनलमा वडा नं–३ ले वडा नं–२ लाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनायो। जर्सी नं–१० का बिक्रम पुरी निर्णायक गोलकर्ता भए र ‘म्यान अफ द म्याच’ घोषित भए।

त्यसैगरी, दोस्रो सेमिफाइनलमा वडा नं ५ ले वडा नं ४ लाई १–० ले पराजित गर्‍यो। टिमका लागि जर्सी नं–१४ का विवेक लिम्बु ले एकमात्र गोल गर्दै ‘म्यान अफ द म्याच’ बने।

फाइनल खेलको उद्घाटन हल्दिबारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देवी मैनाली को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नं–२ का अध्यक्ष सुकलाल राजवंशी, वडा नं ३ का अध्यक्ष विष्णु प्रसाद ओली, वडा नं ४ का अध्यक्ष सन्तकुमार थापा मगर, नेपाली कांग्रेसका सभापति गंगा प्रसाइ लगायत राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, संघ–संस्थाका सदस्य, जनप्रतिनिधि, खेलप्रेमी दर्शक तथा खेल अधिकारीहरू उपस्थित थिए।

प्रतिष्ठानका संस्थापक मानबहादुर वन (महेन्द्र) ले प्रतियोगिताको उद्देश्य, महत्व र स्मृति प्रतिष्ठानको योगदानबारे प्रकाश पारे। प्रमुख अतिथिले स्वर्गीय माता–पिताको तस्बिरमा माल्यार्पण गरी प्रतियोगिताको औपचारिक शुभारम्भ गर्नुभयो। शुभकामना मन्तव्यमा उनले खेलकुदले सामाजिक सद्भाव, एकता र युवामा सकारात्मक ऊर्जा पैदा गर्ने उल्लेख गर्नुभयो।

प्रतियोगितामा पाँच वडाबीच छ टोलीको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ। विजेताले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र, भने उपविजेताले १५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन्। साथै विभिन्न विधागत पुरस्कारहरू पनि वितरण गरिनेछन्।

फाइनल खेल भोलि, मंसिर १८ गते वडा नं–३ र वडा नं–५ बीच हुने भएको छ।

कार्यक्रम प्रतिष्ठानका संरक्षक अधिवक्ता डम्बर वन को अध्यक्षतामा सम्पन्न भएको थियो। स्वागत मन्तव्य हल्दिबारी माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकबहादुर पाख्रिन ले राखे भने सञ्चालन तथा सहजीकरण शिक्षक तुलसी कोइराला ले गरेका थिए।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)