हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारी काङ्ग्रेस सभापतिमा ५ आकाक्षि को को हुन ?

बिस्णुकुमारी घिमिरे : हल्दिवारी ,झापा । नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशनको चर्चा संगै हल्दिवारी काङ्ग्रेसमा पनि चहलपहल शुरु भएको छ । हल्दिवारीमा काङ्ग्रेसलाई हाक्ने सभापतिका लागि ५ जनाको चर्चा हुन थालेको छ ।

Advertisement

काङ्ग्रेसको राम्रो अवस्था हुँदा हुदै पनि संगठनका कारण स्थानीय निर्वाचनमा हार व्यहोर्दै आएको सबैलाई प्रष्ट नै छ । यस अधिबेशनबाट काङ्ग्रेस हाक्ने सभापति जस्तो पदमा चतुरो व्यक्ती लाई ल्याउन काङ्ग्रेसले सकेन भने केन्द्र ,प्रदेश र स्थानीय तहको चुनावमा समेत नराम्रो प्रवाभ पर्ने देखिन्छ ।

Advertisement

को को छ्न त सभापतिको लागि हल्दिवारीका आकाक्षिहरु –

भुपाल बस्नेत – जिल्ला सहकारी संयोजक नेपाली काङ्ग्रेस

होम चुडाल – पाटी उपसभापति तथा निर्वाचित वडा अध्यक्ष

तुलसी ओलि – काङ्ग्रेस जिल्ला सल्लाहकार सदस्य तथा गत स्थानीय निर्वाचनमा पराजित गाउँपालिका अध्यक्ष उम्मेद्बार

कृष्ण प्रसाईं – गत स्थानीय चुनावमा पराजित वडा अध्यक्ष तथा युवा व्यवसायी

गङ्गा प्रसाईं – काङ्ग्रेस हल्दिवारी उपसभापति तथा इमानदार कार्यकर्ता

अहिले देखिएका सभापतिका आकाक्षीहरु मध्यबाट सहमति गरि पाटी हाक्ने नेतृत्व चयन गर्न काङ्ग्रेस हल्दिवारी सक्षम भयो भने आगामी बैशाख जेठमा हुने स्थानीय तहको चुनावमा समेत प्रवाभ राम्रो पर्ने देखिन्छ ।

यहि साउनमा हुने वडा तथा गाउँ समितिको चुनावमा करिब १ हजार सक्रिय सदस्यहरुले वडा देखि गाउँ समिति हुँदै क्षेत्रीय प्रतिनिधिहरुको चयन गर्ने छ्न ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)