हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिवारी ५ मा जसपा, राप्रपा, एमाले परित्याग गरि ४० जना काङ्ग्रेस प्रवेश

हल्दिवारी ,११ कात्तिक । लोकतान्त्रिक बाम गठबन्धन हल्दिवारी ५ ले आयोजना गरेको पहिलो कोणसभामा राप्रपा र एमाले परित्याग गरि ४० नेता कार्यकर्ता आज नेपाली काङ्ग्रेस प्रवेश गरेका छ्न ।

Advertisement

नेपाली काङ्ग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य उम्मेद्बार कृस्ण प्रसाद सिटौलाले उनीहरुलाई पार्टी सदस्यता दिदै काङ्ग्रेसमा स्वागत गरेका हुन । हल्दिवारी ५ का जसपाका नेता पुर्ण बहादुर कन्दवा, स्थानीय समाजसेवी राप्रपाका नेता कैदी मावाे सहित ४० जना जसपा ,राप्रपा र एमाले परित्याग गरि काङ्ग्रेस प्रवेश गरेका हुन ।

Advertisement

हल्दिवारी ५ धनुष पोखरीमा आयोजना गरिएको कोणसभालाई प्रतिनिधि सभा सदस्य उम्मेद्बार कृस्ण प्रसाद सिटौलाले सम्बोधन गर्दै गणतन्त्रले ल्याएको खुशी लाई केहि राजा चाहिन्छ भन्नेहरुले धुमिल्याउन खोजेको आरोप लगाएका छ्न । उनले सिद्धान्तमा ईमानदार नभएको पार्टी र व्यक्तिले कसरी जनताको हितमा काम गर्छ भनि प्रश्न समेत गरे ।सबै जातिको अधिकार नमान्ने राजा को गान गाउने ले जनता ढाट्ने काम मात्र गरेको भन्दै लिङ्गदेनले भ्रमको खेती मात्र गर्ने बाहेक केहि नगरी सिटौलाको भनाई रहेकोे थियोे ।

उक्त कोणसभा लाई प्रदेश सभा सदस्य उम्मेद्बार पुर्ण प्रसाद राजवन्सि ,संविधान सभा सदस्य मोहन टुडु ,नेकपा माअाेबादी केन्द्र हल्दिवारीका अध्यक्ष नरेन्द्र फागो , नव प्रवेशी पुर्ण बहादुर कन्दवा लगायतले मन्तव्य राखेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)