जलथल ,झापा । हल्दिवारी गाउँपालिका भित्रका १७ बिद्यालयका ४ हजार ७ विद्यार्थीलाई कोरोना विरुद्धको मोर्डना खोप लगाईने स्वास्थ शाखा हल्दिवारीले जनाएको छ ।

स्वास्थ शाखा प्रमुख पुष्कर निरौलाले दिएको जानकारी अनुसार १२ बर्ष देखि १७ बर्ष उमेर समुहका मावी र आविमा अध्यनरत छात्रछात्रालाई मोर्डन खोपको पहिलो मात्रा लगाउन लागिएको छ ।

उनका अनुसार यहि माघको १६ देखि १८ सम्म वडा नम्बर १ देखि ५ सम्मका सबै मावी र आविमा खोप लगाउने व्यवस्था मिलाईएको छ ।स्वास्थ्य शाखा प्रमुख निरौलाका अनुसार १२ बर्ष माथीका बालबालिकाले नजिकको खोप केन्द्रमा गएर पनि खोप लगाउन सक्ने छ्न ।

खोप लगाउनको लागि सबै विद्यालयलाई परिपत्र गरिएको शिक्षा शाखा हल्दिवारीले जनाएको छ । आफ्ना १२ बर्ष माथीका नानिहरुलाई विद्यालय पठाएर खोप कार्यक्रमलाई सफल पार्न शिक्षा शाखाले सबै हल्दिवारी बासी अभिभावकहरुमा अनुरोध समेत गरेको छ ।

कुन विद्यालयमा कहिले खोप लगाउने कार्यक्रम रहेको छ ,हेर्नुस् पूरा विवरण सहित :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार