हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता ९ महिना अगाडि

हल्दीबारीमा जंगली हात्तीको आक्रमण, पाथिभरा सिंहकाली मन्दिरमा भौतिक क्षति

झापा, कार्तिक १० । झापाको हल्दीबारी गाउँपालिका–४ मा रहेको श्री पाथिभरा सिंहकाली धार्मिक तथा पर्यटकीय परिसर भित्र गएराति दुईवटा जंगली हात्ती पसेर क्षति पुर्‍याएको छ।

Advertisement

कार्तिक ९ गते राति करिब १२ बजे तिर मन्दिर परिसरमा पसेका हात्तीहरूले मन्दिरको स्टोर भवनको बायाँपट्टिको झ्याल र कम्पाउन्ड वाल भत्काएको प्रचौ जलथल प्रहरीले जनाएको छ।

Advertisement

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जयप्रसाद पोखरेल का अनुसार हात्तीको प्रवेशले करिब २० हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। अन्य कुनै मानवीय क्षति भने नभएको उनले बताए।

घटनापछि प्रचौ जलथलबाट प्रहरी टोली खटिएर स्थलगत निरीक्षण गरिएको र हात्तीहरूको गतिविधि नियन्त्रणमा लिनका लागि स्थानीय निकायसँग समन्वय भइरहेको प्रहरी स्रोतले जनाएको छ।

हल्दीबारी क्षेत्रका स्थानीय बासिन्दा पछिल्ला दिनमा जंगली हात्तीको बारम्बार आवागमनले त्रसित बनेका छन्। उनीहरूले वन कार्यालय र स्थानीय प्रशासनले प्रभावकारी रोकथामको पहल गर्नुपर्ने माग गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)