समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

हल्दीबारीमा भारतबाट भित्रिने विषादीयुक्त तरकारीको खुलेआम बिक्री, उपभोक्ताको स्वास्थ्य जोखिममा


हल्दीबारी । झापा जिल्लाका हल्दीबारी गाउँपालिकामा लाग्ने अधिकांश साप्ताहिक तथा दैनिक बजारमा भारतबाट ल्याइएका विषादीयुक्त तरकारी खुलेआम बिक्री भइरहेको स्थानीयले गुनासो गरेका छन्।

बिना गुणस्तर जाँच तथा स्वास्थ्य परीक्षण बजारमा तरकारी बिक्री वितरण हुँदा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने जोखिम बढेको उनीहरूको भनाइ छ।

विज्ञापन (Advertisement)Advertisement

हल्दीबारी गाउँपालिका–४ स्थित मंगलबारे बजारमा स्थानीय किसानले उत्पादन गरेका तरकारीका साथै हल्दीबारी, बाह्लदशी र भद्रपुर क्षेत्रका कृषकका तरकारी पनि बिक्री हुँदै आएका छन्। तर, यसैबीच भारतबाट आयात गरिएका तरकारी कुनै चेकजाँचबिनै बजारमा छ्यापछ्याप्ती बिक्री भइरहेको देखिन्छ।

स्थानीयवासीका अनुसार यस्ता तरकारीमा अत्यधिक विषादी प्रयोग भएको आशंका रहँदै आएको छ, जसले दीर्घकालीन रूपमा उपभोक्ताको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ। “बजारमा कुन तरकारी स्थानीय हो र कुन बाहिरबाट आएको हो भन्ने छुट्याउने कुनै व्यवस्था छैन,” एक स्थानीय उपभोक्ताले बताए।

स्थानीय कृषकहरू भने सस्तो मूल्यमा भारतबाट आउने तरकारीका कारण आफ्ना उत्पादनले उचित बजार नपाएको गुनासो गर्छन्। उनीहरू स्थानीय उत्पादनको संरक्षण र प्रवर्द्धनका लागि कडा अनुगमन आवश्यक रहेको बताउँछन्।
यस विषयमा सम्बन्धित निकाय तथा स्थानीय तहको भूमिकामाथि प्रश्न उठेको छ।

हल्दीबारी गाउँपालिकाले बजार अनुगमन, विषादी परीक्षण र आयातित तरकारीको नियमनमा कस्तो दृष्टिकोण अपनाएको छ भन्नेबारे स्पष्ट कदम चाल्नुपर्ने माग बढ्दै गएको

उपभोक्ताको स्वास्थ्य सुरक्षा र स्थानीय कृषकको हितका लागि भारतबाट भित्रिने तरकारीमा अनिवार्य जाँच, लेबलिङ र नियमित बजार अनुगमन गर्नुपर्ने आवश्यकता देखिएको छ।


तस्बिर: नेत्रविक्रम बिमली

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)