[addthis tool="addthis_inline_share_toolbox_d1e7"]

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी। भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप आज काठमाडौं आइपुगेको छ।

आज बिहान ११ बजेर ४५ मिनेटमा एयर इन्डियाको विमान १० लाख डोज खोपको पहिलो लट लिएर काठमाडौं आएको हो। विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई खोप हस्तान्तरण गरेका छन्।

ती खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ। विभागबाट जिल्लामा प्रयोगका लागि प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइने मन्त्रालयले जनाएको छ। भारतले हिजो नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो।

[addthis tool="addthis_inline_share_toolbox_d1e7"]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार