बिर्तामोड ,झापा l नेपाल पत्रकार महासंघ झापा शाखा र शेयरकास्ट इनिसिएटिभ नेपालको संयुक्त आयोजनामा स्थानीय सरकारका सवालहरुबारे २ दिने खोज पत्रकारिता तालिम बिर्तामोडमा शुरु भएको छ ।
पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको तालिम उद्घाटन समारोहमा कार्यक्रमका प्रमु्ख अतिथि नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी ,बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटी र दमक नगररपालिकाका मेयर रोमनाथ ओलीले शुभकामना दिनु भएको थियोे ।

तालिमका मुख्य प्रशिक्षक अग्रज पत्रकार हरिबहादुर थापाले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै विषयवस्तु माथी सहभागीहरुलाई जानकारी गराउनु भएको थियोे ।

दमक नगरपालिका र नेशनल एन्डोमेन्ट फर डेमोक्रेसी (एनइडी)को सहकार्य रहेको तालिममा झापाका ३० जना क्रियाशील सञ्चारकर्मीको सहभागिता छ । महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको तालिम उद्घाटन समारोहको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।

















