न्यूज व्यूरो- चन्द्रगढी। नेपाल प्रेस युनियन, धरान नगर समितिको सभापतिमा मात्रिकाप्रसाद नेपाल चयन भएका छन् । युनियन व्दारा सोमवार आयोजित सुनसरीका सञ्चारकर्मीहरुको कोरोना विमा रकम हस्तान्तरण कार्यक्रम पछि भएको युनियन धरान नगरसमितिको भेलाले कार्यसमिति पूनर्गठन गरेको हो ।

भेलाले निर्वतमान सभापति शुक्रान्त राई लाई जिल्ला समिति सदस्यमा मनोनयन गर्ने सिफारिसका साथै पूनर्गठित समितिको सल्लाहकार चयन गरेको छ । प्रेस युनियनको नयाँ धरान नगर कार्यसमितिमा उपसभापति पारस राई, सचिव शान्ता निरौला दहाल, सहसचिव संगिता राई, कोषाध्यक्ष बसन्त राई चयन भएका छन् । सदस्यहरुमा सुमित कार्की, रोहित कुलुङ राई, संजिता धमला र सुविक्षा राई छन् ।

भेलाले पूर्व अध्यक्ष शुक्रान्त सहित लक्ष्मण थापा र विनय प्रधान रहेको सल्लाहकार मण्डल पनि चयन गरेको छ । भेला युनियन सुनसरी जिल्ला सभापति पवन अधिकारीको सभापतित्वमा भएको हो । उनले प्रेस युनियन प्रेस स्वतन्त्रता, श्रमजीवि सञ्चारकर्मीको हक, हितको लागि अग्रपंक्तिमा उभिदै आएको संगठन भएको बताउँदै भने ‘त्यसले युनियन लाई गतिशिल बनाउन नयाँ नेतृत्वको विकास, अग्रजहरुको मार्गदर्शनमा अग्रसर रहको बताए ।

भेलामा नेपाल पत्रकार महासंघको पूर्व केन्द्रिय उपाध्यक्ष, युनियनका पूर्व केन्द्रिय सदस्य हर्ष सुब्बाले प्रेस युनियन श्रमजीवि पत्रकारहरुको हकहितका लागि नेपालमा स्थापना भएको भएको पहिलो अधिकारमुखी संगठन भएको बताए । महासंघका पूर्व सुनसरी सभापति कृष्ण अधिकारीले सुनसरीको पत्रकारीताको शुरुआत धरानबाट शुरु भएको बताउँदै भने ‘त्यही इतिहास संगै सुनसरीमा पनि श्रमजीवि पत्रकारको हकहितका लागि पहिले संगठन युनियनको स्थापना धरानमै भएको हो ।’ युनियनको पूर्व अध्यक्ष गणेश निरौला पनि भेलामा उसस्थित थिए । कमला भट्टराई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार