झापा । चिकित्सा शिक्षा आयोगले बीएन्डसी हस्पिटललाई मेडिकल कलेजको सम्बन्धन दिएको छ । आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आयोगको बैठकले बीएन्डसीलाई सम्बन्धन दिने निर्णय गरेको हो ।
यस अघि काठमाडौं विश्वविद्यालयले बीएन्डसीलाई मेडिकल कलेजको सम्बन्धन दिनका लागि आयोगमा सिफारिस दिएको थियो । आयोगको बैठकको अध्यक्षता प्रधानमन्त्री केपी ओलीले गरेका थिए । उनी आयोगको अध्यक्ष हुन् ।
सम्बन्धनको औपचारिक निर्णय सार्वजनिक हुन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















