न्यूज व्यूरो- । मोरङको बुढिगंगास्थित विराट मेडिकल अस्पतालको गम्भीर लापरवाहीले एक सुत्केरी महिलाको मृत्यु भएको छ ।

इटहरी–२ की ३२ वर्षीय गंगा दाहालको मृत्यु भएको हो । सामान्य अबस्थामा शनिबार दिउँसो अपस्ताल लगिएकी महिलाको मृत्यु भएपछि अस्पतालमा आफन्तले प्रदर्शन गरेका छन् । उनीहरुले उपचारमा खटिएका डाक्टरले गम्भीर लापरवाही गरेको भन्दै प्रदर्शन गरेका हुन् ।

शनिबार राती नै विरामीको मृत्यु भएको भएपनि डाक्टरहरुले रातको ११ वजे १० पिण्ड रगत मागेको, ३ वर्ष देखि सटेज रहेको औषधी ल्याउनु नत्र सुत्केरीको मृत्यु हुने बताएको आफन्तले बताए ।

उनीहरुले सिकारु डाक्टरले बच्चा झिक्दा पाठेघर पनि निकालेकाले मृत्यु भएको बताए । आफन्तले अस्पताल प्रशासनमा प्रर्दशन गरेपछि अस्पताल प्रशासन, मावनअधिकारकर्मी र पिडित पक्षको बैठक बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार