काठमाडौँ, १५ जेठ । सरकारले मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्ताहरूका लागि मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने घोषणा गरेको छ।
संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तिम तहका उपभोक्तालाई बिक्री गरिने मासिक ५० युनिटभन्दा बढीको विद्युत खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लागु गरिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो।
नयाँ व्यवस्था अनुसार ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने ग्राहकले मूल्य अभिवृद्धि करवापत १३ प्रतिशत कर तिर्नुपर्नेछ। विद्युत उपभोगलाई प्रवर्द्धन गर्ने भनिए पनि निश्चित सीमाभन्दा बढी खपत गर्ने मध्यम तथा उच्च वर्गका उपभोक्तालाई लक्षित गरी यो करको दायरा विस्तार गरिएको सरकारको बुझाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
1
+1
















