​हल्दिबारी । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि लागू हुने गरी सरकारी कर्मचारीको तलबमा उल्लेख्य वृद्धि गरेको छ।

​अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट वक्तव्यमार्फत आगामी साउन १ गतेदेखि लागू हुने गरी कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेका हुन्। विगत चार वर्षदेखि निजामती कर्मचारीको तलब वृद्धि हुन सकेको थिएन।

​तलब वृद्धि भए पनि सरकारले कर्मचारीहरूले पाउँदै आएको महँगी भत्तालाई भने यथावत नै राखेको छ। अर्थमन्त्री वाग्लेका अनुसार तलब वृद्धिसँगै सरकारले यसपटक प्रोत्साहनमा आधारित बजेटलाई विशेष प्राथमिकता दिएको छ।

​यो वृद्धिसँगै अब सरकारी कर्मचारीको न्यूनतम तलब ४० हजार रुपैयाँ पुग्नेछ भने माथिल्लो तहका कर्मचारीको तलब १ लाख रुपैयाँभन्दा बढी हुने दाबी सरकारको छ। तलब वृद्धिले महँगीको मारमा परेका कर्मचारीहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार