झापा । उमेरले ६ बर्ष पनि पुरा नपुगेकी इटहरी ४ की सुहाना बस्नेत सँग अदभुत क्षमता भएको पाईएको छ । उनको स्मरणशक्ति यति तेज छ कि सुन्दा सबैलाई विस्वास नलाग्न पनि सक्छ । हरेक कुरालाई स्मरण गर्ने सुहानामा अदभुत क्षमता छ । इटहरी ४ मा रहेको युनिभर्सल सेकेण्डरी बोडिङ स्कुल नर्सरीमा पढ्दै आएकी सुहाना एक पटक सुनेको र पढेको कुरा सहजै भन्न सक्छिन ।
नर्सरीमा पढ्ने सानो बालिकाको क्षमता देखेर विद्यालय समेत चकित परेको छ । जतिसुकै गाहे कुराहरु समेत एक पटक सुनेको भरमा सुहानाले सहजै उत्तर दिने गरेको छिन । कक्षा कोठामा फरक किसिमको क्षमता देखेको भन्दै सुहाना सँग अदभुत क्षमता रहेको दाबी गरेको छ । देश विदेशका कुराहरु एकै पटकमा कन्ठ गरेर उनले सहजै भन्न सक्छिन ।
केहि महिना देखि आफ्नो छोरीले अचम्म गरि क्षमता देखाएको बताउँछन् पूर्व नेपाली सेना समेत रहेका केदार बस्नेत । छोरीले अचम्म गरि क्षमता देखाएको उनी बताउँछन । एक पटक सिकाएको कुरा उनले हतपत नबिर्सिने सुहानाका बुबा भन्छन् । अग्रेजी स्कुलमा पढाएको छोरीले अदभुत क्षमता देखाएर पढ्न र लेख्नमा फरक देखिएको बताउँछन । छोरीलाई लोकसेवा आयोगमा सोधिने प्रश्नहरुको उत्तर समेत सहजै दिएको उनी बताउँछन । एक पटक सोधेको जस्तो सुकै कुरा उनले महिनौ सम्म सम्झन सक्छिन सुहानाका बुबा केदारले उनले भने ।

युनिभर्लस सेकेण्डरी स्कुलका प्रिन्सिपल गणेश भण्डारीले भने बालिकामा अदभुत क्षमता भएको पाएका छौ । सुहानाको मेमोरी क्षमता देखेर हामी छक्क परेका छौ प्रिन्सिपल भण्डारीले भने । जे कुरा सिकायो त्यो कुरा उनले सहजै पढ्न र लेख्ने गरेको देख्दा आफुहरु चकित परेको बताए । खै सुहानाले अचम्मै गरिन ठुला कक्षाका जान्ने विद्यार्थी भन्दा पनि उनी ट्यालेन्ट छिन प्रिन्सिपल भण्डारी भन्छन् । चन्चले स्वभाबकी सुहानालाई नसिकाएको कुरा भने आउँदैन । तर उनी कक्षा कोठामा मात्र नभई घरमा पनि बढ्न लेख्न असाध्यै मन गर्ने गर्छिन । सुहानाको क्षमता देखेर विद्यालय परिवार मात्र नभई वरीपरीका छरछिमेकीहरु समेत छक्क परेका छन ।

















