हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी /बढ्दो सडक दुर्घटना न्यूनिकरण गर्न उदयपुर जिल्लामा जेसीज र ट्राफिक प्रहरी विच सहकार्य शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय र उदयपुर जेसिजको सहकार्यमा बुधवार ट्राफिक नियमप्रति सवारी चालक तथा पैदल यात्रीहरु लाई संचेतना बढाउन जेसिजकर्मी संगै ट्राफिक प्रहरी सडकमा देखापरे । जेसिजको पहलमा विद्यालयका छात्र–छात्राहरु, ट्राफिक प्रहरी, जनपद प्रहरीहरु ट्राफिक संचेतना बढाउन सडकमा सहकार्य गरेका हुन् ।

उनिहरुले सडकका पैदल यात्रु, सवारी चालकहरुलाई ट्राफिक नियम पालना गरे दुर्घटना नहुने संचेतना गराए । उनिहरुले बाटो काट्न जेब्रा क्रसिङ्ग प्रयोग नगर्ने, हेलमेट क्लिप नलगाई मोटरसाइकल गुडाउने, सिट बेल्ट नबाधी सवारी हा“क्नेहरु लाई सडकमा रोकेर नियम पालन गर्न सचेत गराएका थिए । ट्राफिक नियम उल्लघंन गर्नेहरुलाई आत्मलोचना गराउनका लागि दण्डित गर्नुको सट्टा चकलेट, मास्क दिइएको उदयपुर जेसीज अध्यक्ष जेसी शर्मिला थापाले बताईन् । संचेतना कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी भीम दाहाल थिए ।

उनले ट्राफिक नियम पालना गराउन जेसिजको सहधकार्यमा भएको संचेतना लाई निरन्तरता दिनुपर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी चक्रमाणी पाण्डे, सशस्त्र प्रहरी एसपी सुधिर सुवेदीत, उदयपुुर जेसीज पूर्व अध्यक्ष, पदाधिकारी जेसिजकर्मीहरु कार्यक्रममा सहभागी थिए ।-दिनेश कार्की (गाईघाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार