हल्दिवारी – झापाको कचनकवल गाउँपालिका गाउँ शिक्षा शाखाको आयोजनामा ९ दिने कम्पियुटर सहकर्मी सिकाई तालिम शुरु भएको छ l
गाउँपालिका भित्रका ९ वटा मावी र ४ आविका १३ जना कम्पियुटर शिक्षकहरुलाई उनिहरुबाटै सिक्ने र सिकाउने व्यवस्था शिक्षा शाखाले गरेको हो ।
कचनकवल गाउँपालिकामा संसद बिकास कोष मार्फत सबै मावी र आविमा ५ देखि २५ वटा सम्म कम्पियुटर भएको कम्पियुटर ल्याब संचालन गरिएको शिक्षा शाखा प्रमुख छविलाल बस्नेतले बताउनु भयो ।

प्रत्येक दिन बेग्लाबेग्लै विद्यालयको कम्पियुटर ल्याबमा उनिहरुलाई सिक्ने र सिकाउने व्यवस्था गर्न तालीम अवधी भर आइटी अफिसर ( सूचना प्रविधि अधिकृत ) दिपेन्द्र गणेशले सहजीकरण गर्नु हुने छ ।
मोति माविबाट शुरुभएको तालिम बुद्ध मावी ,पथरिया मावी ,लक्ष्मी प्रसाद देवकोटा मावी ,महेन्द्र रत्न मावी ,लक्ष्मी मावी ,शिव मावी ,जानकी मावी ,जनता मावी हुँदै ९ दिन सम्म संचालन हुने शिक्षा शाखा प्रमुख बस्नेतले जानकारी दिनुभयो । गाउँपालिकाले आफ्नो पालिका भित्रका सबै मावी तथा आविमा कम्पियुटर शिक्षकको करारमा नियुक्ति गरि विद्यार्थीलाई कम्पियुटर शिक्षा दिने व्यवस्था गरेको छ ।
यो सहकर्मी सिकाइ कार्यक्रमले उनिहरुलाई नंया कुरा सिक्ने अवसर मिल्नुको साथै विद्यार्थीलाई कसरी सिकाउने भन्ने कुराको राम्रो ज्ञान हुने हुदा महत्त्वपूर्ण कार्यक्रम रहेको आइटी अफिसर गणेश बताउनु हुन्छ ।
















