हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कठोर बन्दै काँग्रेस : ‘बागी’लाई साधारण सदस्य समेत नरहने गरी कारवाही

स्थानीय तह निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध ‘बागी’ उम्मेदवारी दर्ता गराउने आधा दर्जनभन्दा बढीलाई उम्मेदवारलाई नेपाली कांग्रेस उदयपुरले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । बागीको प्रस्ताव तथा सर्मथक समेतलाई साधारण सदस्य नरहने गरी कारवाही गरेको हो ।

Advertisement

पार्टीले आइतबार जारी गरेको विज्ञप्तीमा पार्टी केन्द्रीय कार्यालयबाट प्राप्त १६ वैशाखको पत्र र जिल्ला पार्टीको १४ वैशाखको विज्ञप्तीअनुसार आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिनेलाई कारबाही गरिएको उल्लेख छ ।

Advertisement

कारवाहीमा पर्नेमा दुई प्रमुख र चार उपप्रमुखका प्रत्यासी छन् । ‘केन्द्रीय समितिको १६ वैशाखमा प्राप्त पत्र र जिल्ला पार्टीले गत १४ वैशाखमा जारी गरेको अनुरोध प्रेस विज्ञप्तीअनुसार आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही बनेका विभिन्न पालिकाका प्रमुख उपप्रमुख र अध्यक्ष उपाध्यक्षलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको छ,’ विज्ञप्तीमा भनिएको छ ।

पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी दिने नेता कार्यकर्तालाई तोकिएको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गर्दा नमानेर असहयोग गरेको भन्दै नेपाली कांग्रेसको विधान २०१७ ९संशोधनसहित० को धारा ४९१३० ग बमोजिम कारवाही गरिएको जनाइएको छ ।

पार्टी सभापति हिमाल कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तीअनुसार कारबाहीमा पर्नेहरू चौदण्डीगढी नगर प्रमुखका उम्मेदवार प्रशान्त राई, कटारी नगर उपप्रमुख प्रत्यासी कृष्ण थापा, ताप्ली गाउँपालिका अध्यक्ष उम्मेदवार माधव रास्कोटी तथा उपाध्यक्ष सुशीला मगर, लिमचुङबुङ गाउँ उपाध्यक्षकी प्रत्यासी रमिला राई र उदयपुरगढी उपाध्यक्ष उम्मेदवार तिलक खपाङ्गी मगर रहेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)