हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ घण्टा अगाडि

कविता :मेचीको ज्वालाबाट निर्माणको उज्यालो

देवेन्द्रकिशोर ढुङगाना

Advertisement

विरोध!!
विद्रोह!!
मेरो मुटुभित्र
गहिरोसम्म गाडिएको
बीउ हो।

Advertisement

कहिले शान्त नदीझैँ,
कहिले मेचीको बाढीझैँ बग्ने,
अन्यायविरुद्ध उठ्ने चेतना,
बेथितिविरुद्ध बल्ने आगो हो।

यो विद्रोह—
अत्याचारको बाँध भत्काउने
साहस हो।
यो संकल्प—
चिया बगानमा पसिनाको नयाँ बिहान हो।

विरोध—
झुक्न नदिने राजबंशीको मेरुदण्ड हो।
यो विरोध
घर गरेको छ
हाम्रो रगतको थोपा-थोपामा,
कचनकवलको माटोमा,
भद्रपुरको चोक-चोकमा।

मभित्र पनि,
तिमीभित्र पनि।
देशप्रतिको प्रेम
हाम्रो विवेकको हातमा छ।

अब आँसु होइन,
हाड निङग्रिने श्रमको वर्षा होस्।
रगत होइन,
मेचीको किनारमा धानको बाली फूलोस्।
अब नहोस्
विनाशको उन्माद,
होस् निर्माणको अभियान।

ए देशभक्तहरू!
उठौँ—
भ्रष्टाचारका जराहरू
सड़कको पिचसँगै उखेलौँ।
लोभ, डर र मौनताको
जञ्जीर चुँडालौँ।

पहिले आफ्नै मनका
स्वार्थका पर्खाल भत्काऔँ।
घृणाको धुवाँ हटाऔँ।
सत्य, श्रम र इमानको
दीप बालौँ।

क्रान्ति फगत!
ढुङ्गा उचाल्नु होइन,
क्रान्ति भनेको
चरित्र उठाउनु पनि हो।
निर्माण फगत!
सडक र भवन होइन,
निर्माण भनेको
सजग नागरिक बनाउनु पनि हो।

हामीभित्रको ज्वाला
विनाशको होइन,
न्यायको मशाल बनोस्।
हाम्रो विद्रोह
घृणाको आँधी होइन,
परिवर्तनको बहार बनोस्।

आज चारैतिर अझै धुवाँ छ,
तर हामी क्रोधमा होइनौँ,
राष्ट्र निर्माणको संकल्पमा छौँ।

आऊ,
क्रान्तिको ज्वालाबाट
निर्माणको उज्यालो बालौँ।
सत्य, श्रम र इमानले
नेपाललाई फेरि नयाँ बनाऔँ।
भद्रपुर-८, झापा_

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)