हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कमल थापालाई केन्द्रीय सदस्यको सुझाव : “सिद्धान्तमा सम्झौता नगर्नोस”

RPP

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई पार्टीका केन्द्रीय सदस्यहरुले सिद्धान्तमा कुनै हालतमा पनि सम्झौता नगर्न सुझाव दिएका छन् । काठमाण्डौ उपत्यकामा उपलब्ध रहेका केन्द्रीय सदस्यहरुसँग छलफल र अन्तरत्रि mयाको निमित्त थापाले आज केन्द्रीय कार्यालय धुम्बाराहीमा अनौपचारिक बैठक बोलाएका थिए ।

Advertisement

Advertisement

 

भौतिक दुरि कायम राख्दै संचालन गरिएको बैठकमा ७५ केन्द्रीय सदस्यहरु सहभागी थिए । बैठकमा बोल्ने अधिकाँश केन्द्रीय सदस्यहरुले सैद्धान्तिक र वैचारिक पक्षलाई सम्झौता गर्न नसकिनेमा जोड दिए । राप्रपाको पुँजी र जग भनेको सैद्धान्तिक पक्ष हो, त्यो पक्षलाई नजरअन्दाज गरी अगाडी बढे पार्टीको भविष्य संकटग्रस्त हुने भन्दै नेताहरुले राजनीतिमा प्राविधिक पक्ष भन्दा सैद्धान्तिक पक्ष प्रवल हुने धारणा राखेका थिए ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले राजसंस्था सहितको लोकतन्त्र, सनातन हिन्दुराष्ट्र र स्थानीय स्वायत्त शासनमा आधारित सम्बद्र्धनवादको विचारलाई स्थापित गर्नको निमित्त सवैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने आवश्यकता औंल्याए । राप्रपाले बोकेको मान्यतालाई कमजोर हुन नदिन नेतृत्वको तर्फबाट आफुले खेल्नु पर्ने भूमिकामा कुनै कसर बाँकी नराख्ने भन्दै थापाले संगठन केन्द्रीत भएर आगामी निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला जिल्लामा साँगठनिक गतिविधि गर्न नेताहरुलाई आग्रह गर्नु भयो ।

मुलुकमा विकृति, विसंगति, भ्रष्टाचारले जनता वाक्क दिक्क भएको र नयाँ वैकल्पिक शक्तिको खोजिमा जनता रहेकोले त्यो जनताले खोजेको विकल्प राप्रपा बन्ने गरी आगामी दिनमा कार्य गर्नु आजको आवश्यकता भएको थापाको तर्क थियो । बैठकमा पार्टीका नेताहरु दिपक बोहोरा, बुद्धिमान तामाङ्ग, राजीव पराजुली, राजेन्द्र लिङदेन, निरञ्जन थापा, भास्कर भद्रा, चन्द्र बहादुर गुरुङ्ग लगायतको उपस्थिति रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । यस अघि जिल्लामा रहेका नेताहरुलाई भर्चुअल बैठक गरेका थापाले छलफल अन्तरक्रियालाई आगामी दिनमा पनि जारी राख्नु हुने बर्तौलाले बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)