हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी १६माघ।झापाको भद्रपुर नगरपालिका-४ स्थित नयाँ बस्तीमा भद्रपुर नगरपालिकाको सहयोगमा निर्माण गरेको जनाजागाह भवन शुक्रबार एक कार्यक्रमबीच उद्घाटन पछि कब्रिस्तान व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।
भद्रपुर नगरपालिका नयाँबस्ती स्थित मुस्लिम समुदायको जनाजागाह नवनिर्मित भवनको शुक्रवार भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवन कुमार श्रेष्ठले जनाजागाह भवन उद्घाटन पछि कब्रिस्तान व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो । उ
द्घाटन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख जीवन कुमार श्रेष्ठ, स्थानीय मुस्लिम समुदाय, समाजसेवी,नेतागण लगायत मस्जिद र मदरसा समितिका पदाधिकारीहरु उपस्थित थिए । कार्यक्रममा नगरप्रमुख जीवन कुमार श्रेष्ठलाई मुस्लिम पहिरन टोपी लगाएर मस्जिद समितिले सम्मान गरेका छन् ।-जनत शेख

















