हाल जलथल लगाएत नेपालभरि आकर्षक फुलमा फुल्दै गरेको एक वनस्पति :
रानी खिर्रो (Wrightia arborea), अंग्रेजी नाम: Woolly Dyeing Rosebay, वानस्पतिक परिवार : Apocynaceae
१० मिटर सम्म आगो रुख हुने यो वनस्पतिमा पात र बोक्राबाट खिर्रोको जस्तै सेतो चोप निस्कन्छ ! यसका पातहरु हाँगाका आन्ख्लामा एक अर्काको बिपरित हुने गरि पलाउछन !
यसमा १०-१२ इन्चसम्म लामा कोशा लाग्छन ! नेपालमा तराई देखि १००० मिटरको उचाईसम्म यो वनस्पति पाइन्छ !
नेपाल र भारतमा यसको फलभित्र २ वटा बिउको बिचको नरम भागलाई पेट फुल्दा र दुख्दा खाने चलन छ ! जलथल क्षेत्रको जैविक विविधता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















