हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

जसपा झापाव्दारा संबिधानको बिरोधमा सभा

बिर्तामोडर असोज ३ l  जनता समाजवादी पार्टी झापाको आयोजनामा शनिबार नेपालको संविधान २०७२ मा हाम्रो असहमति किन ? बिषयक बिरोध तथा अंतर सम्वाद कार्यक्रम सम्पन्न। जसपा नेपाल झापा जिल्ला अध्यक्षद्वय दिपेनबाला राई र अनुत सिंह राजबन्शीको संयुक्त अध्यक्षतामा संचालन भएको बिरोध सभा तथा अंतरसम्वाद कार्यक्रममा पार्टीका केन्द्र,संघीय परिषद,प्रदेश,जिल्ला र गाउँ नगर समिति र जनबर्गिय सङ्गठनका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा जिल्ला सचिव देवेन्द्र किशोर ढुंगानाले संचालन गर्नुभएको कार्यक्रममा युवानेता तथा प्रदेश सदस्य दिनेश दङ्गाल,युवा संघका केन्द्रिय सदस्य सरोज श्रेष्ठ,प्रदेश सदस्य युवानेत्री शर्मिला आङ्गदेम्बे फेवादिन,पूर्व शान्तिसमितिका अध्यक्ष सूर्य नारायण गणेश,केन्द्रिय सदस्य शिवप्रसाद आचार्य,भक्तबहादुर खेवाङ्ग,केन्द्रिय सदस्य एवं लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष प्रेमद्विप थाम्सुहाङ्ग,केन्द्रिय सदस्य एवं जनजाती महासंघका केन्द्रिय महासचिव तथा अधिवक्ता नित्यानन्द ताजपुरिया,केन्द्रिय सदस्य एवं प्रदेश न.१का सांसद राधा थापाले मन्तव्य व्यक्त गर्दै अधुरो,अपुरो बिभेदकारी संविधानलाई संशोधन गरेर जबसम्म १२५ जातिको हृदयको स्पन्दन झल्किने साझा बन्दैन तबसम्म यो संविधानलाई स्वीकार्य हुदैन भन्नू हुदै राज्य सत्तामा बसेका शासकहरु गम्भीर नभए त्यसको परिणाम स्वयंले व्यहोर्नुपर्ने चेतावनी दिदै जनता समाजबादी पार्टी नेपाल,सडक,सदनबाट क्रान्तिका आधिबेहरी ल्याउने उदघोष गर्नु भएको थियो ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)