अहिले धेरैजसो मानिसहरुले पानीपुरी निकै मनपराउने गर्छन् । बजारको चोकचोकमा पानी पुरी खाने युवायुवतीको भीड लाग्ने गर्छ ।
बजारमा ठेलामा पाइने पानी पुरीमा के के मिसाउछन्, भन्ने बारे धेरैलाई थाहाँ हुँदैन । यस्तै पछिल्लो समय पानीपुरीमा पिसाब मिसाइएको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । यो घटना भा।तको हो ।
तर नेपालमा पनि यस्तो गर्दैनन् , भन्न सकिदैन । भारतको आसामस्थित गुवाहाटी क्षेत्रमा रहेको एक ठेलावालाले पानीपुरीमा पिसाब मिसाइएको छ । सार्वजनिक भिडियोमा ठेलावालाले जगमा पिसाब गरेर पानीपुरीको पानीमा मिसाएको देखिएको छ ।
पानीपुरीमा पिसाब मिसाउने ठेलावालालाई प्रहरीले पक्राउ गरी कारबाही गरिसकेको छ । यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले ठेला सञ्चालक ६० वर्षीय अक्रुल सहानीलाई पक्राउ गरेको हो ।
blob:https://www.facebook.com/319f0f0d-6060-4b7b-b194-45d25fcb7443

















