कमला भट्टराई/डेक्स न्यूज दमक (झापा)असोज १६/नेपाली नागरिक पार्टी दमक नगर समितिले प्रेस बिज्ञप्ति प्रकाशित गरी झापा जिल्लाको दमक नगरपालिका बडा नं ४ मा अबस्थित हिमालय माध्यमिक विद्यालयको आर्थिक हिनामिना तथा अनियमितता भएको घटना प्रति हाम्रो गौरवशाली पार्टी नेपाली नागरिक पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिज्ञप्तिमा देशकै नमूना एवं झापाको पुरानो बिध्यालय जहां तीन हजार भन्दा बढी संख्यामा बिध्यार्थीहरु अध्ययनरत छन। स्थानीय सरकारले अवैधानिक रूपमा राजनीतिकरणको आड भरोसामा गठन गरिएको कथित बिध्यालय ब्यबस्थापन समितिको प्रत्यक्ष संलग्नतामा यो घृणित कार्य भएको दाबी गरेको छ। पार्टी दमक नगर समिति इन्चार्ज देबी भेटबाल व्दारा हस्ताक्षरित बिज्ञप्तिमा भनेको छ शिक्षा जस्तो पबित्र क्षेत्रमा राजनीतिक हस्तक्षेप हुनु हुदैन र त्यहा अध्ययनरत बिध्यार्थीहरुका अभिभाबकले बिध्यालयको नेतृत्व र संरक्षण गर्नु पर्छ भन्ने नेपाली नागरिक पार्टीको मांग रहेको सन्दर्भमा स्थानीय सरकारले बिध्यालयलाई पार्टी कार्यकर्ता भर्ती केन्द्र बनाउनुले बास्तबमा बिध्यालयमा भ्रष्टाचार मौलाउनुको मुख्य कारण हो।

बिज्ञप्तिमा यस प्रबृत्तिले बिध्यालयहरु देशब्यापी रुपमा ध्वस्त बन्दै गएको बताउदै बिध्यालयमा भएको यो घटनाको न्यायोचित छानबीन गर्न छानबीन समिति गठन गर्नुपर्ने र तत्काल प्रतिबेदन सार्बजनिक गरी दोषी माथी कार्बाही गर्न जोडदारका साथ मांग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार