चितवन । नेकपा(क्रान्तिकारी माओवादी ) पार्टीले माडीको ट्वन्टीवान ग्रुपको प्लटिङ कब्जा गरी गाडेको झण्डा प्रहरीले हटाएको छ ।

शनिवार बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले माडी- २, पौहारीस्थित ट्वन्टीवान ग्रुपको प्लटिङको जग्गा कब्जा गर्दै झण्डा र व्यानर गाडेको थियो ।

पार्टीका केन्द्रीय सदस्य घननाथ सापकोटा विकास र जिल्ला सेक्रेटरी अशोक शर्मासंगै चितवन जिल्लास्तरका नेताकार्यकर्ताहरुको सहभागीतामा प्लटिङको जमीन कब्जा गरीएको थियो । कब्जा गरेको दावी गर्दै झण्डा र ब्यानर गाडेको एक घण्टा नबित्दै प्रहरी पुगेर निकालिदिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार