काेराेना

काठमाडौं , सुर्खेतमा कोरोनाभाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको दुल्लुनगरपालिका वडा नम्बर ३ का ४५ वर्षीय पुरुष रहेका छन् ।

मृतक पुरुषले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका थिए । उनको असार ४ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । उनलाई कोरोना पुष्टि भए लगत्तै आइसोलेशनमा राखेर उपचार गरिएको थियो ।

उनको नगरपालिकाले कोरोनाबाट मृत्यु भएको पुष्टि गरेपनि स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार