नेपाल रेडक्रस सोसाइटी उपशाखा हल्दिवारीको १६ औं साधारण सभा आज शनिबार सम्पन्न भएको छ। उपशाखा हल्दिवारीका सभापति कर्णखर प्रसाईको सभापतित्व तथा जिल्ला शाखा झापाका उप- कोषाध्यक्ष हेम प्रसाद राजवन्सीको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाले १५ वटा प्रस्तावित योजना पारित गर्दै साधारण सभा सम्पन्न गरेको छ।
उपशाखा हल्दिवारीले ९ लाख ८८ हजार ७६ रुपैया ६५ पैसा आम्दानी रहेको सस्थाको अक्षय कोषमा ८ लाख रहेको बार्षिक प्रतिबेदनमा जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा हल्दिवारीको साधारण सभालाई प्रमुख अतिथि हेम प्रसाद राजवन्सी , सभापति कर्णखर प्रसाईं ,पुर्व सभापति कुमार राई , वडा सदस्य सुकलाल राजवन्सी ,खानेपानी तथा सरसफाइ समिति हल्दिवारी अध्यक्ष तुलसी प्रसाद ओलि ,पुर्व शिक्षक भिम प्रसाद श्रेष्ठ ,एकता बहुउद्देश्यीय सहकारीका अध्यक्ष गङ्गा प्रसाद सिवाकोटीलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।
सस्थाको गतिविधि बारे सभापति प्रसाईंले जानकारी गराउनु भएको थियोे भने लेखा परिक्षकको प्रतिबेदनमा सहसचिव खेमराज उप्रेतीले प्रष्ट पारेका थिए उपाध्यक्ष लक्ष्मी प्रसाद खनालले स्वागत गर्नु भएको कार्यक्रमको सहजीकरण सहसचिव खेमराज उप्रेतीले गरेका थिए ।
















