हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी । नोवेल शिक्षण अस्पतालमा ६ सय २९ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । ३ सय पुरुष र ३२९ महिलालाई कोरोनाविरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सुरक्षाकर्मीलाई पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाइएको नोबेल अस्पतालका मेट्रोन कल्पना पोख्रेलले जानकारी दिइन् । उनका अनुसार खोप लगाएका कसैलाई पनि जटिल स्वास्थ्य समस्या देखिएको छैन । केहीलाई सामान्य ज्वरो आउँने, टाउको दुख्ने, वाकवाकी लाग्ने जस्ता समस्या देखिएको भएपनि जटिल समस्या भने नदेखिएको अस्पतालले जनाएको छ ।
देशव्यापी अभियान अनरुप नोबेलमा पनि माघ १५ गतेदेखि १० दिनसम्म कोरोनाविरुद्धको खोप लगाइएको हो ।-कमला भट्टराई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1
















