हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी/ भारत सरकारले अनुदानमा आएको कोविड–१९ विरुद्धको खोप बुधवार देखी सरकारले अस्पतालहरुका स्वास्थ्यकर्मीहरु लाई लगाउन शुरु गरेको छ । भारतले नेपाल लाई १० लाख डोज कोभिशिल्ड खोप दिएको हो । कोविड–१९ बाट ठूलो संख्यामा सर्वसाधारण मृत्यु भएका विकशीत देशहरुले त्यहाँको खोप स्विकृत भएपछि देशका बयोवृद्ध ज्येष्ट नागरिकहरु लाई प्राथमिकतामा राखेर खोप लगाउन शुरु गरेको थियो ।

नेपालमा भने मन्त्री, उच्चपदस्थ अधिकारी, स्वास्थ्यकर्मीहरु लाई पहिले खोप लगाउन शुरु गरिएको हो । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएको कोभिशिल्ड खोप पहिले डाक्टरहरुले लगाएका छन् । स्वास्थ्योपचार कार्यमा पहिलो पंक्तिमा कार्यरत स्वास्थ्यकर्मी लाई प्राथमिकाता दिएको खोप लगाउने पहिले उपकुलपति प्राडा.ज्ञानेन्द्र गिरी भए । यसैगरी प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा. गुरू खनाल, रजिष्ट्रार प्राडा. मोहनचन्द्र रेग्मी र अस्पताल निर्देशक प्राडा. गौरीशंकर साहले लगाएर खोप लगाउन शुरु गरिएको थियो । काठमाण्डूको टेकु अस्पतालमा भने बुधवार पहिलो खोप ८० वर्षीय ज्येष्ठ नागरिक नेत्रबहादुर अमात्य लाई खोप लगाएर खोप अभियान शुरु गरिएको थियो ।

धरानमा प्रतिष्ठानव्दारा प्राप्त समाचार अनुसार स्वास्थ्यकर्मी, कर्मचारीहरु लाई खोप लगाउन सुरू भएको छ । प्रतिष्ठानमा २५ सय स्वास्थ्यकर्मी कर्मचारी छन् । जिल्ला स्वास्थ्य कार्यालयबाट बुधवार बिहान १५० भाइल खोप आइपुगेको जनाइएको छ । खोप सर्वसाधारण लाई कहिले सम्म लगाउन पाउँछ भन्ने बारेमा स्वास्थ्य कार्यालय कुनै जानकारी सार्वजनिक गरेको छैन् । सहयाक अस्पताल निर्देशक डा. प्रमोद बरालका अनुसार १ भाइल खोपमा ५ एमएल हुन्छ ।

एक जनालाई ०.५ एमएल खोप लगाउनु पर्छ । एक भाइलले ८ देखि ९ जनालाई पुग्ने अनुमान गरिएको छ । प्रतिष्ठान लाई प्राप्त १५० भाइलले १३ देखि १४ सयलाई पुग्ने अनुमान छ । खोप लगाउनको लागि ५ जनालाई तालिम दिइएको छ । एक पटकमा ४ जनाले खोप लगाउने व्यवस्था छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार