हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी। प्रदेश १ मा कुष्ठ रोगी घटेका छन् ।गत वर्षको तुलनामा ८९ जना कुष्ठ रोगी घटेको प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाले जनाएको छ । गत वर्ष ४१२ जना कुष्ठ रोगी रहेका थिए ।

चालु आर्थिक वर्षको मङ्सिर मसान्त सम्ममा ३२३ जना कुष्ठ रोगी रहेको स्वास्थ्य निर्देशनालयकी जनस्वास्थ्य निरीक्षक तारा सुवेदीले जानकारी दिइन । उनका अनुसार प्रदेश १ मा ४ जिल्लामा मात्र कुष्ठ रोगी भेटिएका छन् । झापामा सबैभन्दा बढी १४० जना कुष्ठ रोगी रहेको सुवेदीले बताइन ।

मोरङमा ११३, सुनसरीमा ६७ र उदयपुरमा ३ जना कुष्ठ रोगी रहेको सुवेदीको बताइन । प्रदेश १ मा कुष्ठरोग नियन्त्रण हुँदै गएको जनस्वास्थ्य निरीक्षक सुवेदीको भनाई छ । कुष्ठरोग न्यूनीकरणका लागि बिरामीको सम्पर्कमा रहेकाहरूलाई औषधि दिने गरिएको उनको भनाई छ । सन् २०३५ भित्रमा कुष्ठरोग निवारण गर्ने सरकारको लक्ष्य रहेको सुवेदीले बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार