कमला भट्टराई – झापा / प्रदेश १ मा शनिबार ६५ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा २१, झापामा १९, सुनसरीमा १७, इलाममा २, संखुवासभामा १ र प्रदेश १ बाहिर ठेगाना भएका ५ जना सङ्क्रमित थपिएका हुन् । याे सँगै प्रदेश १ मा कोरोना सङ्क्रमितकाे सङ्ख्या २९ हजार २९५ पुगेको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६ सय ७० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ६६२ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ जना डिस्चार्ज भएका हुन । यो सँगै डिस्चार्ज हुनेको सङ्ख्या २५ हजार ६० पुगेको छ ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १२, सुन्दरहरैचामा ४, पथरीशनिश्चरेमा २, रतुवामाई, केराबारी र ग्रामथानमा १–१ जना सङ्क्रमित थपिएका छन् । झापाको विर्तामोडमा ८, दमकमा ४, शिवसताक्षीमा ३, मेचीनगर, कचनकवल, बुद्धशान्ति र झापा गाउँपालिकामा १–१ जना सङ्क्रमित थपिएका छन् ।

सुनसरीको धरानमा ८, इटहरीमा ६, इनरुवा, बराहक्षेत्र र दुहबीमा १–१, इलामको इलाम नगरपालिकामा २, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका ५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार