बिर्तामोड (झापा), असार ६। भारतको पश्चिम बंगालस्थित सिलिगुडी नजिकै बागडोगरा क्षेत्रमा शनिबार साँझ भएको कार दुर्घटनामा परी झापा बिर्तामोडका एक युवकको मृत्यु भएको छ । तीव्र गतिमा रहेको नेपाली नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका बिर्तामोड नगरपालिका वडा नं. ५ का २३ वर्षीय अमित चौधरीको उपचारका क्रममा मृत्यु भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै स्थानीय स्रोतले जनाएको छ ।

​शनिबार साँझ करिब ५ बजेतिर बाग्मती प्रदेश-०१-०३२ च १६८० नम्बरको कार नेपाल-भारत सीमावर्ती सहर काँकरभिट्टाबाट करिब २३ किलोमिटर टाढा बागडोगरामा दुर्घटनामा परेको थियो । तीव्र गतिका कारण अनियन्त्रित भएको कार दुर्घटनापछि झन्डै दुई टुक्रा हुने गरी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

​उपचारकै क्रममा निधन

​दुर्घटनालगत्तै गम्भीर घाइते चौधरीलाई उद्धार गरी बागडोगरास्थित ग्यालेक्सी अस्पताल पुर्‍याइएको थियो । उनको टाउको, मुटु लगायत शरीरका विभिन्न अंगमा गहिरो चोट लागेको थियो ।

​ग्यालेक्सी अस्पतालमा उपचारकै क्रममा मुटुको चाल बन्द भएपछि उनलाई थप उपचारका लागि नियोटिया अस्पताल लगिएको थियो । चिकित्सकहरूले उनलाई बचाउन ‘सिपिआर’ (कार्डियोपल्मोनरी रिससिटेसन) प्रविधि समेत प्रयोग गरेका थिए, तर अस्पतालले उनलाई मृत घोषित गर्‍यो ।

​घटनाबारे भारतीय प्रहरीले थप कानुनी प्रक्रिया अघि बढाएको छ भने शवलाई नेपाल ल्याउने तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार