चन्द्रगढी ,झापा । सामाजिक अभियान्ता तथा गङ्गामाया तथा नरबहादुर क्यान्सर पीडित सहयोग सस्थाका अध्यक्ष भुपाल बस्नेतको सहजीकरणमा बाह्रदशी र हल्दिवारीका ८ बालबालिकालाई दसैंमा लगाउने लत्ताकपडा वितरण गरिएको छ ।

अधिवक्ता समेत रहेकी भद्रपुर १० कि संगिता खतिवडा चम्लागाईले उनीहरुको लागि लत्ताकपडा ,जुता ,खेलौना वितरण गरेकी हुन ।

हल्दिवारी – १ गोलधाप फाल्गुनन्द चोक निवास अति विपन्न स्वर्गीय लिला प्रसाद घिमिरेकि छोरी तथा बाह्रदशी – ६ केरुङ्ग डाडाका अति विपन्न परिवारका ७ जना बालबालिकालाई समेत उनले लत्ताकपडा जुता ,खेलौना वितरण गरेकी हुन ।

७ सन्तान जन्माएर ३४ बर्षको उमेरमा क्यान्सर बाट मृत्यु भएकी जितेन देव लिम्बू कि श्रीमती का १० महिनादेखि १५ बर्ष सम्मका छोराछोरी रहेका छ्न ।

उनीहरुको लागि कोरोना संक्रमण र लकडाउनको समयमा समेत बस्नेतको सहजीकरणमा अधिवक्ता खतिवडाले ५ महिनालाई पुग्ने खाद्य सामाग्री वितरण गरेकी थिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार