हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

जनता समाजवादी पार्टी व्दारा भेटघाट र् पार्टी प्रवेश

 भद्रपुर / जनता समाजवादी पार्टी बुध्द शान्ति गाँउ समितिको आयोजनामा आइतबार सम्पन्न भेटघाट एवं पार्टी प्रबेश कार्यक्रममा झापा, ईलाम र पाँचथर जिल्लाका चार दर्जन युबाहरु बिभिन्न पार्टीबाट प्रबेश गरेका छन।

Advertisement

पार्टी गाँउ समिति अध्यक्ष दुर्गा नेम्बाङको अध्यक्षतामा भएको उक्त कार्यक्रम बीच नव प्रबेश हरुलाई पार्टी केन्द्रीय सदस्य त्रिनारायण राजबशी, पार्टी जिल्ला अध्यक्ष दिपेन बाला राईले स्वागत गरेका थिए। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि केन्द्रिय सदस्य त्रिनारायण राजबंशीले अल्पमतले बहुमत माथी हैकमबादी शैलीले शासन गरेकै कारणदेशममा बितण्डता सिर्जना भएको छ।

Advertisement

जातिय र् बर्गिय बिभेदको अन्त्य समानता र समाबेशीमूलक राज्य ब्यबस्थाबाट सम्भब रहेको बताए। कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष दिपेन बाला राई, प्रदेश सदस्य शर्मिला आङदम्बे, धनप्रसाद गुरुङ्ग, सूर्यनारायण गणेशले पहिचानबादी शक्तिहरुको संघर्षबाट स्थापित संघियताको रक्षात्मक भूमिकामा जसपाको महत्बपूर्ण योगदान रहेको बिचार ब्यक्त गरेका थिए।

सो कार्यक्रममा बरिष्ठ नेता सन्तोष कुमार गणेश, जिल्ला सचिब देवेन्द्रकिशोर ढुंगाना, भरतकुमार श्रेष्ठ, प्रदेश सदस्य समर राई यूबा नेता रोशन लिम्बु, महेन्द्र कटुबाल, प्रदेश सदस्य दिनेश दंगाल लगायतको उपस्थिति रहेको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)