हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

सप्तरीमा गौ हत्याको विरोधमा प्रदर्शन

हल्दीबारी मीडिया संबाददाता,
सप्तरी भदौ १५ ।वैदिक सँस्कृती समाज सप्तरीले शुक्रबार गौवंश संरक्षण गर,गौ हत्या बन्द गर नारा सहित विरोध प्रदर्शन गरेका छन । वैदिक सँस्कृती समाज सप्तरीका अध्यक्ष रामकुमार शास्त्रीको नेतृत्वमा राजविराज ीस्थत शिव मन्दिरबाट गौवंश संरक्षण गर,गौ हत्या बन्द गर,हिन्दु राष्ट्र कायम गर,वैदिक गणतन्त्र धोषणा गर लगायतका विभिन्न नारा लगाउदै नगरको विभिन्न भाग परिक्रमा गरेका थिए । नगर परिक्रमा पश्चात शिव मन्दिरमा पुगेर कोण सभा परिणत भएका थिए ।

Advertisement

सो सभामा सुनसरीको धरानमा गाई, गोरु काटेर सार्वजनिक रुपमा भोज गर्नेमाथि अविलम्ब कारबाही गर्न माग बाबा मोती लाल वैरागीले माग गर्नु भयो । सुनसरीको धरानमा संबैधानिक प्रावधान विपरीत गाई गोरुलाई हत्या गरि सार्वजनिक रुपमै भोजको आयोजना गरेकोले सो धटनाको छानविन गरी दोषीलाई कार्यवाही गर्न बाबा वैरागीले जोदार माग गर्नु भयो । त्यसै गरी वैदिक सँस्कृती समाजका अध्यक्ष रामकुमार शास्त्रीले संविधान विपरीत कार्य गर्ने जो कोहिलाई कानुनी दायरमा ल्याई संविधानको रक्षा गर्दै धार्मिक, सामाजिक साँस्कृतिक एवम् सामुदायिक सद्भाव कायम राखी दोषीमाथी अविलम्ब कारबाही गरि शान्ति सुरक्षा एवम समस्या समाधानका लागि यथासिघ्र पहलका गर्न सरकारसगं माग गर्नु भयो ।

Advertisement

त्यस्तै नेपालको संविधानमै गाई राष्ट्रिय जनावर उल्लेख गरिएकोले गाई हत्या रोकि संविधानको मुल मर्मलाई संरक्षण गर्न समता मुलक समाज निर्माण महा अभियानका उपाध्यक्ष सुनिता साह(क्रान्ति) सरकारसगं माग गर्नु भइन ।

उहाँले नेपालको संविधानको भाग १ प्रारम्भिक धारा ४ को स्पष्टीकरणमा सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायतका धार्मिक साँस्कृतिक स्वतन्त्रतालाई अक्षुण राख्नु पर्ने प्रावधान रहेको बताइन । सोही भागको धारा ९ को उपधारा ३ अनुसार ,राष्ट्रिय जनावार गाई हुनेछ, स्पष्ट रहेकोले अव सरकारले नेपाली रुपैयाँमा गाईको चित्र राख्न सधीय सरकार समक्ष माग समेत गर्नु भईन ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)