हल्दिवारी गाउँपालिकाले ” हल्दिवारी गाउँपालिकाको संस्था दर्ता तथा नियमन सम्बन्धि ऎन ,२०७७ “ बमोजिम संस्था दर्ता शुरु गरेको छ ।
आजबाट ” प्रेस क्लब हल्दिवारी “ ले पनि कानुनी मान्यता पाएको छ । स्थानीय तहमै संस्था दर्ता शुरुभएपछी जिल्ला प्रशासन कार्यालय जानू पर्ने झन्झट समाप्त भएको छ ।
प्रेस क्लब हल्दिवारीलाई २०७७ पुस ४ गते स्थापना गरिएको थियोे । संस्थाको बिधान तयारी गरि आज २६ गते गाउँपालिकाको कार्यालयमा दर्ता गरि कानुनी मान्यता प्राप्त गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















