हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारीमा ४ सय जना कोरोनाबाट संक्रमीत हुँदा ९ जनाको ज्यान गयो

झापाको हल्दिवारि गाउँपालिकामा कोभिड -१९ को दोस्रो भेरियन सुरुभए यता साउन २ गतेसम्म ४ सय जना कोरोनाबाट संक्रमीत भएका छ्न ।

Advertisement

हल्दिवारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तथा कोभिड – १९ फोकल पर्सन पुष्कर निरौलाले दिएको जानकारी अनुसार सोही अवधिमा कोरोना संक्रमणको कारण ९ जनाको ज्यान समेत गएको छ ।

Advertisement

उनका अनुसार ३६६ जना निको भएका छ्न भने २५ जना सक्रिय संक्रमितहरु विभिन्न अस्पताल ,गाउँपालिकाको आइसोलेसन केन्द्र र होम आइसोलेसनमा उपचाररत रहेका छ्न ।

स्वास्थ्य शाखा प्रमुख निरौलाका अनुसार कोभिडको दोस्रो लहर सुरुभए यता स्वास्थ्य शाखाले ४१९ जनाको पिसिआर टेस्ट गरेको छ भने ५९७ जनाको एन्टिजिन टेस्ट गरेको गरेको छ

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)