समाचार
हल्दिबारी संवाददाता ११ मिनेट अगाडि

ठमेलको होटलबाट ५० लाख ५० हजार नेपाली रुपैयाँ र विदेशी मुद्रासहित माल्दिभ्सका नागरिक र एक युवती पक्राउ

काठमाडौँ । राजधानी काठमाडौँको ठमेलस्थित एक होटलबाट प्रहरीले ठुलो परिमाणमा नेपाली रुपैयाँ तथा विदेशी मुद्रासहित एक विदेशी नागरिक र एक नेपाली युवती गरी दुई जनालाई पक्राउ गरेको छ।

​पक्राउ पर्नेमा माल्दिभ्सका नागरिक युटिथ इब्राहिम र चितवनकी २० वर्षीया स्नेहा रिमाल रहेका छन्।

​जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाका अनुसार, विशेष सूचनाका आधारमा ठमेलस्थित स्नोलाइन होटलबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले उनीहरूको साथबाट ५० लाख ५० हजार नेपाली रुपैयाँ, ४ हजार २१५ ओमानी रियाल र ५५ संयुक्त अरब इमिरेट्स (युएई) दिराम बरामद गरेको छ।

​पक्राउ परेका दुवै जनामाथि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ। बरामद गरिएको उक्त रकम तथा विदेशी मुद्राको स्रोत र उनीहरूको संलग्नताबारे विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौँले जनाएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)