हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

झापामा लोकपि्रय बन्दै कर्णाली , लिम्बुको सबै ऋण मिनाहा

बिर्तामोड । कर्णाली साकोस बिर्तामोडले बाह्रदशी – ६ कि आफ्नो सियर सदस्य तथा ऋणी आसा लिम्बुको मृत्यु भएपछि उनले लिएको सबै ऋण मिनाहा गरिदिएको साकोसका अध्यक्ष टस बहादुर श्रेष्ठले बताउनु भएको छ ।

Advertisement

स्वर्गीय लिम्बुले लिएको ऋण २ लाखमा तिर्न बाकी १ लाख ४५ हजार मिनाहा गर्दै काजकिरिया खर्च बापत ४० हजार सहयोग गरेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

Advertisement

एक महिना अगाडि मृत्यु भएकी ३९ बर्षिय लिम्बुका ९ महिना देखि १४ बर्ष सम्मका ७ जना छोराछोरी रहेका छ्न ।

कर्णाली साकोसकै पहलमा आज कर्णाली सदस्य तथा अधिवक्ता संगीता खतिवडाले आज एक महिनालाई पुग्ने चामल ,दाल ,तेल ,नुन ,साबुन लगायतका खाद्य सामाग्री आसा लिमुका श्रीमा जितेन्द्र सेवा लिम्बुलाई हस्तान्तरण गरेकी छ्न ।

उक्त अवसरमा नेपाली काङ्ग्रेसका युवा नेता नवीन बिमली ,कर्णाली साकोसको अध्यक्ष टस बहादुर श्रेष्ठ ,सचीव भुपाल बस्नेत लगायतको उपस्थित रहेको थियोे ।

४१ हजार सियर सदस्य रहेको कर्णालीले ३८ सेवा केन्द्र बाट आफ्नो कारोबार गरिरहेको जनाएको छ । झापाकै सहकारी मध्य जनस्तरमा लोकपि्रय कर्णालीले विभिन्न रोगबाट पीडित आफ्ना सदस्य तथा अति बिपन्न नागरिकलाई सहयोग पुराउदै आएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)