स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

बिएण्डसीमा अत्याधुनिक ल्याव सेवा सञ्चालन, अब रोग पत्ता लगाउन काठमाडौँ वा विदेश जानु नपर्ने

 झापा-  बिर्तामोडमा रहेको बिएण्डसी मेडिकल कलेज तथा टिचिङ हस्पिटलले अत्याधुनिक ल्याव सेवा सञ्चालनमा ल्याएको छ । सोमबार एक कार्यक्रम आयोजना गरी अस्पतालले अत्याधुनिक ल्याब सेवा सञ्चालनमा ल्याएको हो ।

Advertisement

उक्त कार्यक्रममा बोल्दै अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले अत्याधुनिक ल्याव सेवा सञ्चालनमा आएसँगै रोग पत्ता लगाउन विदेश वा काठमाडौँ धाउनु नपर्ने बताए । उनले अस्पतालमा अत्याधुनिक ल्याव सेवा सञ्चालनमा आएपछि उपचारमा सहज हुने र रोग पत्ता लगाउन गाह्रो नहुने बताए ।

Advertisement

उनले भने ‘अस्पतालमा ल्याब सञ्चालन हुँदा उपचारमा सहज हुनको साथै कुनै पनि रोगको उपचारका लागि अब काठमाडौँ वा विदेश जानु पर्दैन।’

अब विश्वका सबै प्रकारको परिक्षण बिएण्डसी अस्पतालमा नै हुनेछ । अस्पतालमा फाइन निडल अस्पिरेसन साइटोलोजी (एफएनएसी) र बायोप्सी परीक्षण गर्न सकिने बिएण्डसी अस्पतालले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article