समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

ओलीलाई भेट्न विप्लव बालकोट पुगे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ l 

Advertisement

गत फागुन २१ गते ओली सरकारसँग तीन बुँदे सम्झौता गरेर खुला राजनीतिमा आएका विप्लवसहित नेकपाका नेताहरुको टोलीले मंगलबार ओली निवास बालकोट पुगेर पूर्वप्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हो ।

Advertisement

ओलीलाई भेट्न नेकपाका महासचिव विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धमेन्द्र बस्तोल बालकोट पुगेका हुन् । सो भेटवार्ताका क्रममा मुलुकको पछिल्लो विकसित राजनीतिक घटना क्रम र समसामयिक विषयमा कुराकानी भएको छ ।

तत्कालीन ओली सरकारसँग भएको तीन बुँदे सम्झौता कार्यान्वयनमा जोड दिँदै विप्लवले आफूहरु उक्त सम्झौताप्रति कटिबद्ध रहेको जानकारी दिए ।

तर, सम्झौता कार्यान्यवनमा ढिलाइ भइरहेको प्रति उनीहरुले गुनासो गरेका छन् । जवाफमा अध्यक्ष ओलीले आफू सरकारमा नभए पनि उक्त सहमति कार्यान्वयन गर्न लागि पर्ने बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article