जलथल- साउन,६ । झापाको हल्दिवारी गाउँपालिकामा फेरि कोरोना संक्रमीत बड्न थालेपछि स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले चिन्ता व्यक्त गरेको छ्न ।

उनका अनुसार साउन ३ गते देखि आज सम्म १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लकडाउनलाई खुकुलो पारे संगै कोरोना संक्रमण फेरि बड्न थालेपछि सुरक्षित रहन र कोरोनाको लक्ष्यण देखिए तुरुन्त स्वास्थ्य कर्मिलाई सम्पर्क गरि कोरोना परिक्षण गर्न स्वास्थ्य शाखाले आह्वान समेत गरेको छ ।

हल्दिवारी गाउँपालिकाले हप्ताको २ दिन आइतबार बुधबार कोरोना परिक्षण गर्दै आएको छ । कोरोना संक्रमण शुरुभए यता हल्दिवारीले ११ जना आफ्ना नागरिकलाई गुमाई सकेको छ l